बाटोमै लुटिन्छन् भारतबाट फर्किने नेपालीहरु
बेरोेजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन् । वर्ष दिन रगत–पसिना बगाउँछन् । त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन् । कतिपय त सबै लुटिएर रित्तो हात फर्किनु पर्छ ।
डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम ...










