पक्राउ परेका १२२ चिनिया नागरिकलाई स्वदेश पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी, घरबेटीमाथि पनि अनुसन्धान हुने
काठमाडौं । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरूलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ ।
‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहर...










