कांगेस बैठक : किन वाइडबडी लेख्न नसकेको ?

कांगेस बैठक : किन वाइडबडी लेख्न नसकेको ?
काठमान्डाैं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको वाइडबडी काण्डलाई लक्ष्य गर्दै ‘हवाइजहाज’ नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्...

वीर अस्पतालको सेवा शुल्क बढाउने तयारी

वीर अस्पतालको सेवा शुल्क बढाउने तयारी
काठमाडौं / नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ। अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनका अनुसार दस्तुरलगायत सैबमा शुल्क परमिार्जन गरिने भएकाे छ। स्रोतका अनुसार नाम दर्ताबाहेक आइसियु, ल्याब टेस्ट, एक्सरे, इक...

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकातामा नेपालकै कन्टेनर स्टेसन
भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस) सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् । नेपालको...

सीमा विवाद बैठकः सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाउने

सीमा विवाद बैठकः सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाउने
काठमान्डाैं / नेपाल–भारत संयुक्त सीमा बैठकले दुई देशबीचको सीमा विवाद सुल्झाउन प्रयास जारी राखेको छ । दुई देशको सीमा समस्या समाधान गर्न गठित सीमा व्यवस्थापन कार्यदलको बैठक आलोपालो गरी नेपाल र भारतमा भइरहेको छ । सोही बमोजिम यस पटक भारतमा उच्च स्तरीय बैठक बसेको हो । गत वर्ष यस्तो बैठक नेपालमा बसेको थियो । बुधबारदेखि भारतमा चलिरहेको उच्च स्तरीय बैठकले विवाद सुल्झाउन नीतिगत विषयमा निर्णय गर्ने नापी ...

सरकारले स्वतन्त्रता खुम्च्यायोः कांग्रेस

सरकारले स्वतन्त्रता खुम्च्यायोः कांग्रेस
काठमान्डाैं / कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावको सुरुमै सरकार संविधानको मर्म र मान्यतालाई उलंघन गर्ने क्रियाकलापमा लागेको उल्ल...

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो
काठमान्डाैं / नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ । नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्योल बढेको छ । उपसमितिमा ‘नेपालीसँग विवाह गरेका विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिन...

राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’

राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’
काठमान्डाैं / करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो । गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो । ‘अध्ययन त गरियो तर चाहेको चिज...

फास्टट्रयाक मुआब्जा चुनौती

फास्टट्रयाक मुआब्जा चुनौती
काठमान्डाैं / नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग विविध समस्याका बाबजुद द्रुततर गतिमा अघि बढेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ। ...

नातेदारले भरिँदै स्थानीय तह, गैरकानुनी रुपमा सल्लाहकार र पीए

नातेदारले भरिँदै स्थानीय तह, गैरकानुनी रुपमा सल्लाहकार र पीए
काठमान्डाैं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । पत्रमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलबभत्ता वा पारिश्रमिक भुक्तानी गर्न मिल्दैन । यस्तो कार्य प्रचलित कानुनविपरित बेरुजु ठहरिनेछ । बेरुजु भएको रकम भुक्तानी गर्...

चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन

चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन
काठमान्डाैं / प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो । महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन् । प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ । प्रदेश ५ का मुख्यम...