गठबन्धनका दल निर्वाचनमा डुब्न बेर छैन : ओली
एमाले अध्यक्ष केपी ओलीले कमजोर मनस्थितिसहित आमनिर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगेका सत्तारूढ गठबन्धनमा रहेका दलहरू सबै पराजित हुने दाबी गरेका छन् । पार्टीको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक प्रहरी संगठनको केन्द्रीय कार्यालयको आइतबार उद्घाटन गर्दै ओलीले पराजित मनस्थितिमा पुगेकै कारण गठबन्धनमा रहेका दलहरूले दिनमै तीनथरी कुरा गर्ने गरेको आरोप लगाए ।
‘डुब्न लाग्यो भने त्यान्द्रो समाउँछ रे । त्य...











