टंकीसिनुवारीको विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने
मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । यही माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जनाएको हो ।
विराट क्यान्सर इन्स्टिच्युटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विश्व क्यान्सर दिवसका अ...










