अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय १४ ग्राम सह...

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गरिदिनुस् :सुमना श्रेष्ठको

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गरिदिनुस् :सुमना श्रेष्ठको
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि अतिरिक्त बजेट क...

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् । मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बे...

कोशीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना- सतर्कता अपनाउन अनुरोध

कोशीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना- सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । शुक्रबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुने विभागले जनाएको छ। विभागका अनुसार  सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,लुम्बिनी र सुदूरपश्चिम  प्रदेश...

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते
अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी-झाँक्री)हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते ...

खुकुरी प्रहार गरी छोराले गरे आमाको हत्या

खुकुरी प्रहार गरी छोराले गरे आमाको हत्या
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपराह्न ४ बजे स्थानीय २३ वर्षीय दीपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् । घरायसी विवाद हुँदा उनले तीलमायालाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । खुकुरी प्रहा...

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण
 विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला ...

काठमाडौं महानगरले १३ खाने तेल परीक्षण गर्दा पाइयो ४ ब्रान्ड अस्वस्थकर

काठमाडौं महानगरले १३ खाने तेल परीक्षण गर्दा पाइयो ४ ब्रान्ड अस्वस्थकर
काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. (S)-2  को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मो...

स्थानीय र प्रहरीबीच झडप, फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

स्थानीय र प्रहरीबीच झडप, फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार
बाँकेको डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका निम्ति एक राउन्ड हवाईफायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,” उनले भने । प्रहरी उपरीक्षक कार्की...

डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित
 देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ ।इडिसिडीको तथ...