विपद्को घडीमा सरकारलाई सबैले सहयोग गरौँ

विपद्को घडीमा सरकारलाई सबैले सहयोग गरौँ
बाढी, पहिरो र डुबानजस्ता विपद्ले क्षणभरमै ठूलो जनधनको क्षति पुर्‍याउन सक्छ। यतिबेला भोटेकोशीमा आएको बाढीपछि देखिएको भयावह अवस्था पनि यही सत्यको दुःखद उदाहरण हो। सयौँ नागरिकको ज्यान गएको र हजारौँ अझै सम्पर्कविहीन रहेकोले सिंगो देशलाई स्तब्ध बनाएको छ। यस्तो दुःखद घडीमा सबैभन्दा पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकको उद्धार र राहत हुनुपर्छ। र...

बाढीको उर्लंदो भेलमा ६–७ जनाको परिवार फसेको घर……

बाढीको उर्लंदो भेलमा  ६–७ जनाको परिवार फसेको घर……
भोटेकोशीमा आएको बाढीको प्रभावले त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटमा ठूलो क्षति पुर्‍यायो। बाढीको उर्लंदो भेलमा लक्ष्मी पाण्डेसहित ६–७ जनाको परिवार यही घरभित्र फसेको थियो। घर वरिपरिका अधिकांश संरचना बाढीले बगायो, कतिपय ठाउँमा घर तथा भौतिक संरचना पुरिए। चारैतिर पानीको ताण्डव मच्चिरहेका बेला परिवारका सदस्यहरू भने यही घरभित्र जीवन जोगाउने संघर्षमा थिए। बाढीको भीषण बहावका बीच पनि यो घर नढल्दा...

बाढीमा कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाए

बाढीमा  कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाए
रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाएका छन् । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अधिकृत यादव भण्डारी र टिमुरे भन्सारमा कार्यरत प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको बाढीमा परेर मृत्यु भएको छ । दुवैको शव गोरखामा भेटिएको थियो । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का शिक्षक नारायण थापाको शव नवलपरासी पूर्वको देवचुलीमा फे...

कोशीका पूर्वाधार आयोजनाबारे जनतासँग सुझाव माग्दै मन्त्री आचार्य

कोशीका पूर्वाधार आयोजनाबारे जनतासँग सुझाव माग्दै मन्त्री आचार्य
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले प्रदेशमा निर्माण भइरहेका तथा सम्पन्न भइसकेका पूर्वाधार आयोजनाको अवस्था, गुणस्तर र जनउपयोगिताबारे स्थानीयवासीसँग सुझाव तथा जानकारी मागेका छन्। प्रदेशको भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी, परिणाममुखी र जनअपेक्षाअनुसार अघि बढाउने उद्देश्यले रणनीतिक योजना निर्माणको क्रममा स्थानीयस्तरबाट प्रत्यक्ष सूचना तथा सुझाव संकलन गर्न ...

झापा अदालतबाट दोषी ठहर, मोरङमा पक्राउ

झापा अदालतबाट दोषी ठहर, मोरङमा पक्राउ
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ बाट प्रहरीले सवारी अंगभंग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशी रहेका छन् । राजवंशीलाई मंगलबार साँझ ७ बजेतिर आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।उनका अनुसार राजवंशीलाई पक्राउ गरेर अड्डासार गरी झापा पुर्याइएको छ । सवारी अंगभंग मुद्दामा जिल्ला अदा...

न्वारानको भोज खाएका १२ जना अस्पताल भर्ना, परीक्षणका लागि खाद्य सामग्रीको नमुना संकलन

न्वारानको भोज खाएका १२ जना अस्पताल  भर्ना, परीक्षणका लागि खाद्य सामग्रीको नमुना संकलन
झापा । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएकामध्ये १२ जना बिरामी परेका छन् । भोजमा सहभागी करिब ५० जनामध्ये केहीलाई पेट दुख्ने, वान्ता हुने र झाडापखालालगायतका समस्या देखिएपछि उनीहरू उपचारका लागि विभिन्न अस्पताल पुगेका हुन् । स्थानीय रामकुमार श्रेष्ठको घरमा मंगलबार उनकी नातिनीको न्वारानको अवसरमा भोज आयोजना गरिएको थियो । भोजमा सहभागीमध्ये केहीले स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा स्था...

चार ट्रक गोलिया बरामद, कटान र निकासीका बारेमा अनुसन्धान सुरु

चार ट्रक गोलिया बरामद,  कटान र निकासीका बारेमा अनुसन्धान सुरु
खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैध रूपमा निकासीको तयारीमा राखिएको उत्तिसका चार ट्रक गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मली डाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सीमामा पर्ने साप्सुखोला किनारबाट काठ बरामद गरिएको हो । स्थानीयले दिएको सूचनाका आधारमा वन कार्यालयले निरीक्षण गर्दा काठ निकासीको तयारी भइरहेको भेटिएपछि कर्मचारी परिचालन गरी तीन दिन लगाएर क...

मोरङबाट भारततर्फ सुँगुरका पाठा तस्करी

मोरङबाट भारततर्फ सुँगुरका पाठा तस्करी
विराटनगर । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भने पछिल्लो समय सुँगुरका पाठासमेत भारततर्फ अवैध रूपमा लैजाने गरिएको घटना बाहिर आएको छ । मोरङको धनपालथान गाउँपालिका–३, चेका खोलाबाट भारततर्फ तस्करी गर्न लागिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेपछि सुँगुरका पाठा तस्करीको नयाँ रहस्य पत्ता लागेको हो । मंगलबार बिहान करिब ११ बजेतिर भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले सुँगुरका पाठा बरामद गरेक...

कोशीका पाँच जिल्लामा थपिदैंछन् दश बिद्युत सव–स्टेशन

कोशीका पाँच जिल्लामा थपिदैंछन् दश बिद्युत सव–स्टेशन
विराटनगर । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका पाँच जिल्लामा दश वटा सव–स्टेशन थप्ने प्रक्रिया थालेको छ । प्राधिकरणले सव–स्टेशनको संख्या बढाउँदै वितरण प्रणालीमा सुधार तथा ट्रान्सफर्मर अपग्रेडको कामलाई एकसाथ अगाडी बढाउने तयारी गरेको हो । गर्मीको समयमा बिद्युत वितरण प्रणालीमा हुने ओभरलोड व्यवस्थापन गर्न सुनसरीको बर्जु गाउँपालिकाको १३२ केभी सव–स्टेसन र मोरङको बेलबारीस्थित केरौनमा १३२ केभी ग्रिड...

याैन धन्दामा बालिकालाई लगाएकाे आराेपमा २ जना पक्राउ

याैन धन्दामा बालिकालाई लगाएकाे आराेपमा २ जना पक्राउ
झापा दमक वडा नं ८ स्थित मनकामना हाेटल एण्ड लजमा १३ वर्षीया बालिकालाई ललाइफमाइ गरि याैनधन्दामा लगाएकाे आराेपमा २ जनालाई पक्राउ गरि अनुसन्धान भइरहेकाे छ । माेरङ जिल्ला केराबारी गापा ९ देवीझाेडा घर भइ हाल दमकमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेवले ती बालिकालाई ललाइफकाई गरि दमक ८ स्थित ५५ वर्षीय गणेशप्रसाद अधिकारीले सञ्चालन गरेकाे मनकामना हाेटलमा लगी याैनधन्दामा लगाएकाे जिल्ला प्रहरी कार्यालय झा...