बुढीगंगामा कल चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

बुढीगंगामा   कल चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोरङ : मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुल उराउ टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको छ। घर नजिकै पानी तान्ने ट्युबेलमा जडान गरिएको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गएराति करेन्ट लागेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ...

घुस रकमसहित वन कार्यालयका कर्मचारी पक्राउ

घुस रकमसहित वन कार्यालयका कर्मचारी पक्राउ
उदयपुर । सामुदायिक वन उपभोक्ता समूहको काम सहज बनाइदिने भन्दै घुस लिएको आरोपमा डिभिजन वन कार्यालय उदयपुर, गाईघाटका वन अधिकृत भुवन पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई कार्यालय परिसरबाटै १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। उनी डिभिजन वन कार्यालयमा सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारीका रूपमा कार्यरत छन्। विशेष सूचनाक...

टंकीसिनवारी खानेपानीको सदस्य पदमा अशोक ठाकुरको उम्मेदवारी, पारदर्शिता र जिम्मेवार सेवाको प्रतिबद्धता

टंकीसिनवारी खानेपानीको सदस्य पदमा अशोक ठाकुरको उम्मेदवारी, पारदर्शिता र जिम्मेवार सेवाको प्रतिबद्धता
टंकीसिनवारी । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको सदस्य पदका लागि अशोक ठाकुरले उम्मेदवारी दिएका छन्। उनले संस्थामा पारदर्शी नेतृत्व, जिम्मेवार सेवा र उपभोक्तामैत्री कार्यसम्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। ठाकुरले स्वच्छ र सुरक्षित पिउने पानीको सुनिश्चितता, नियमित खानेपानी आपूर्ति, पारदर्शी तथा जवाफदेही व्यवस्थापन, स्वच्छता र सरसफाइमा विशेष ध्यान दिने बताएका छन्।...

ध्रुवलक्ष्मी एरिया ‘ए’ महिला फुटसल प्रतियोगिता आयोजना हुँदै

ध्रुवलक्ष्मी एरिया ‘ए’ महिला फुटसल प्रतियोगिता आयोजना हुँदै
विराटनगर । जेसीआई टंकिसिनवारी जुनियरको आयोजनामा ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ हुने भएको छ। एरिया ‘ए’ अन्तर्गतका जेसीआई शाखाहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो। महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा विभिन्न जेसीआई शाखाबीच आपसी सम्बन्ध, सहकार्य र एकता थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिता २०८३...

टंकीसिनवारी खानेपानी निर्वाचन : पारदर्शिता र २४ सै घण्टा शुद्ध पानीको प्रतिबद्धता

टंकीसिनवारी खानेपानी निर्वाचन : पारदर्शिता र २४ सै घण्टा शुद्ध पानीको प्रतिबद्धता
बुढीगंगा । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको आगामी भदौ ७ गते आइतबार हुने निर्वाचनका लागि अध्यक्ष कृष्णबहादुर केसी नेतृत्वको उम्मेदवार समूहले सुशासन, पारदर्शिता र गुणस्तरीय खानेपानी सेवाका विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ। उम्मेदवार समूहले संस्थालाई प्रविधिमैत्री, पारदर्शी तथा जनउत्तरदायी बनाउँदै उपभोक्तालाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउने जनाएको छ। साथै, सम्बन्ध...

जिल्ला कारागार मोरङमा बिहानैबाट खानतलासी

जिल्ला कारागार मोरङमा बिहानैबाट खानतलासी
विराटनगर – विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...

बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न

बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न
बुढीगङ्गा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी दिवस सम्पन्न गरिएको छ। युवा दिवसको अवसरमा जनप्रतिनिधिसँग युवा संवाद, युवा तथा विद्यार्थीका अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण, वृक्षरोपण तथा संरक्षण अभियान, सरसफाइ तथा प्लास्टिक न्यूनीकरणसम्बन्धी सचेतना अभियान स...

शिक्षादीप कलेजमा कविता प्रतियोगिता, अर्पिता न्यौपाने प्रथम

शिक्षादीप कलेजमा कविता प्रतियोगिता, अर्पिता न्यौपाने प्रथम
विराटनगर / शिक्षादीप कलेज, विराटनगरमा ‘AI, Digital Era, Social Media or Science and Technology’ विषयवस्तुमा आधारित कविता प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, साहित्यप्रतिको रुचि तथा समसामयिक प्रविधिका विषयमा आफ्नो विचार अभिव्यक्त गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। त्यस्तै रिजु अधिकारी र विभू...

कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार

कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै उनले राज्यको सीमित स्रोत र साधन अभाव तथा कष्टमा रहेका नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताए...

मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद

मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार बिहान करिब ११ः४५ बजे वन क्षेत्रमा चोरी निकासी हुने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद व्यक्तिहरू प्रहरीलाई देख्नासाथ प्लास्टिकको बोरा छाडेर फरार भएका थिए। प्रहरीले उक्त बोरा खोली जाँच गर्दा भित्र...