सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारी माथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।
घरमै सुतिरहेका बेला राति १०ः३० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।
उनका अनुसार अधिकारीमाथ...











