हेर्नुहाेस् २०७६ साल पौष महिनाको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राशिस्वामी मंगलले सातौं र आठौं घरको तथा सूर्यले नवौं घरको यात्रा गर्ने महिना हो, पुस महिना । भाग्यभावमा बसेको सूर्यको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नतिरप्र...











