हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक
दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ ।
शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बिच रोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजालमार्फत जानकारी दिएका छन् ।
...











