८४ बर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार गर्दै कञ्चनपुरका रामस्वरुप राना थारू
चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका-१० दैजीका रामस्वरुप राना थारू ।
साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवाभन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीव...










