प्रधानमन्त्री ओलीले सडक दुर्घटना न्यून गर्न यातायात मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्।
पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरूलाई सोमबार बोलाएका हुन्।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर...











