बढुवामा अब ‘हाकिमको तजबिज’ चल्ने छैन: कार्य मूल्यांकनलाई मुख्य आधार बनाइँदै
काठमाडौं। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ।
विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउन सामान्य ...










