किरियापुत्रीमाथि मध्यरातमा हमला, मृतक परिवारका सदस्य घाइते, २ जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका शोकसन्तप्त परिवारमाथि मध्यरातमा हमला भएको छ ।
सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर परिवारका सदस्यमाथि आक्रमण गरेको पिडितहरुले बताएका छन् ।
आक्रमणबाट मृतकका श्रीमान् हरिनारायण कामत र उनका छोराहरु किरण कामत, सन्तोष काम...











