बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री
अकबर अलि
दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माटो उत्खनन तथा बिक्रीको विषयमा वडा सदस्य र निर्माण व्यवसायी पक्षबीच नै आरोप–प्रत्यारोप सुरु भएको हो।
स्थानीयका अनुसार दुहबी–१ का वडा सदस्य गुफरान मिया र आलिया कन्ट्रक्सनका सञ्चालक सदाक मियाबीच बुढी खोलाबाट माटो उत्खनन तथा बिक्रीको विषयलाई लिएर विवाद भएको हो। केही दिनयता खोलान...











