इन्स्पेक्टर बनेर उच्च पदस्थ व्यक्तिसँग चिनजान गर्दै ठग्दै
प्रहरीले आफ्नै विभागीय संगठनको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापा छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो।
उनले प्रहरीको इन्स्पेक्टर हुँ भन्दै क्यानडा, अस्ट्रेलिया लगायत देशमा पठाइदिने भनेर ठगी गरेको उजुरी परेक...










