ग्रामथानका उम्मेदवारविरुद्ध परेन उजुरी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकाविरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि विभिन्न दलबाट १५ र स्वतन्त्र १ गरेर आइतबार १६ जनाको उम्मेदवारी परेको थियो । मनोनयनपत्र दर्ता गराएकाविरुद्ध उजुरीका लागि निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेको समय तोकेको थियो ।
अब एकैपटक मंगलबार साँझ ५ दे...










