लुटिएको प्रहरीको पेस्तोल सहित लेटाङका युवा पक्राउ

लुटिएको  प्रहरीको पेस्तोल सहित लेटाङका युवा पक्राउ
काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका दुई पेस्तोल यसअघि पटक पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्तिको हातमा पुगेको भेटिएको छ । गुण्डागर्दी, हप्ता असुली गर्दै हिँड्ने व्यक्तिले दुई पेस्तोल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । यो प्रकरणमा काठमाडौं डल्लु बस्ने झिल्के...

सशस्त्रको गोलीबाट चालकको मृ,त्यु पछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

सशस्त्रको गोलीबाट चालकको मृ,त्यु  पछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध
सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृ,त्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । बिहीबार बिहानको राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगाय...

रास्वपाले समानुपातिक सूची सच्याउने, गल्ती स्वीकार

रास्वपाले समानुपातिक सूची सच्याउने, गल्ती स्वीकार
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्तीहरू सच्याइने बताएका छन् । निर्वाचन आयोगमा पेस गरिएको सूची न्यायोचित नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पार्टीले बुझाएको बन्दसूचीलाई लिएर भित्र र बाहिर तीव्र विरोध भएपछि नेता पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘सहमति अत...

कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई आयोगको कालोसूचीमा

कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई आयोगको कालोसूचीमा
विराटनगर । निर्वाचन खर्च विवरण नबुझाउँदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राई निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भोजपुर–१ बाट उम्मेदवार बनेका राईले तोकिएको समयभित्र खर्च विवरण आयोगमा बुझाउन र मतदातामाझ सार्वजनिक गर्न नसकेको आयोगले जनाएको छ। उक्त निर्वाचनमा राईलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले पराजित गरेका थिए। तर खर्च विवरण नबुझाउने म...

केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ

केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ
बेलबारी । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन । आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका ईन्स्पेक्टर राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो । प्रहरी टोलीले प्र-१-०६-००१ झ ०००४ नम्बरको एम्बुले...

विराट ट्रेड एक्स्पाेमा आज साहिमा श्रेष्ठको प्रस्तुति

विराट ट्रेड एक्स्पाेमा  आज  साहिमा श्रेष्ठको  प्रस्तुति
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा शुरु भएको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक प्रस्तुति पनि भइरहेको छ। आइतबार रकहेड्स र साहिमा श्रेष्ठको प्रस्तुति रहने छ । रकहेड्स र साहिमा युवा पुस्ताका लोकप्रिय कलाकार हुन् । एक्सपो जिल्ला प्रहरी कार्यालय मोरङको कार्यालय नजिकैको मैदानमा चलिरहेको छ । एक्सपोमा हरेक दिन सांगीतिक कार्यक्रम भइरहेको छ ।

मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३ सय ३० किलोसहित दुई भारतीय पक्राउ

मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३ सय ३० किलोसहित दुई भारतीय पक्राउ
विराटनगर : मोरङमा प्रहरीले हवाई फायर गरेर शनिबार राति गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको हो। गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर हवाई फायर गरेको थियो। नेपालबा...

नोबेल अस्पताल पार्किङमा भेटिएको झोलामा प्रतिबन्धित औषधि

नोबेल अस्पताल पार्किङमा भेटिएको झोलामा प्रतिबन्धित औषधि
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ स्थलमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको छ । शुक्रबार दिउँसो अस्पतालको पार्किङमा एउटा बेवारिसे कालो झोला रहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।प्रहरीले उक्त झोला खोलेर हेर्दा भित्र ६ सय पत्तामा रहेको जम्मा ६ हजार पिस प्रतिबन्धित ‘ट्रामाडोल’ फेला पारेको हो । औषधि बरामद गरी मुच...

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट शुक्रबार साँझ १ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उप...

टिपरको ठक्करबाट मोरङमा १४ वर्षीय बालकको मृत्यु,उनका बुवा घाइते

टिपरको ठक्करबाट मोरङमा १४ वर्षीय बालकको मृत्यु,उनका बुवा घाइते
मोरङ : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ...