लागूऔषधविरुद्ध एसपी कवित कटवालको ‘जिरो टोलरेन्स’: “अपराध र तस्करलाई कुनै छुट छैन”
मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कवित कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेका छन्। विशेष गरी सीमावर्ती क्षेत्रबाट भइरहेको लागूऔषध तस्करी र अवैध कारोबारलाई निमिट्यान्न पार्न उनले चालेका कदमले तस्करहरूमा त्रास पैदा गरेको छ।
प्रहरीको कडा प्रहार
विराटनगर–१६, दरैयामा ५ ग्राम २१ मिलिग्राम खैरो हिरोइनसहित सुजन लिम्बु पक्राउ पर्नु एसपी कवित कटव...










