विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह
विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल्छा मोड भएर आदर्श माविमा पुगेको थियो ।
आदर्श माविमा औपचारिक समारोह आयोजना गरेर संविधान दिवसको शुभकामन...