एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन

एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो एक महिनामा २० लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असार महिनामा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा २० लाख ४४ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा...

श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन

श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी तथ ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको उल्लेख गरेका छन् । महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष र...

सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात

सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन । नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै  भएको हुनसक्ने अनुमान छ । यसअघि गै...

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु
सुर्खेत : रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए। मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । निगमका अनुसार मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरप...

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय– अस्पतालको लाइन हटाउने, स्वास्थ्य बिमा प्रभावकारी बनाउने

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय– अस्पतालको लाइन हटाउने, स्वास्थ्य बिमा प्रभावकारी बनाउने
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए...

नयाँदिल्लीको एक अस्पतालमा बिरामीको गोली हानी हत्या

नयाँदिल्लीको एक अस्पतालमा बिरामीको गोली हानी हत्या
नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल)मा पेटको संक्रमणको उपचार गर्न गएका एक बिरामीलाई गोली हानी हत्या गरिएको छ । आइतबार ३२ वर्षका एक बिरामीको गोली हानी हत्या गरिएको हो । घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान हुन नसकेको जनाएको छ । ती बिरामीको नाम मोहम्मद रियाजुद्धिन रहेको र उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए । जीटीबीको २४ न...

ज्वरो र झाडापखालाका बिरामी बढे

ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।  उपचारमा आउनेमध्ये रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। उनका अनुसार दैनिक तीन सयभन्दा बढी बिरामी ...