मंगलबार बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड
नेपाली बजारमा सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको...