‘बिमा बन्द’ को निर्णयले बिरामीदेखि कर्मचारीसम्म संकट, आखिर किन आयो यस्तो अवस्था ?
काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल कलेज तथा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत कार्यरत करिब दुई हजार दुई सय जनाको रोजगारी गुमेको छ ।
विराट मेडिकल कलेजमा उपचारका लागि दैनिक ३० देखि ३५ प्रतिशत बिरामी स्वास्थ्य बिमामार्फत आउने गरेका थिए । ती बिरामीको व्यवस्थापनका लागि अ...











