सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन
सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् ।
साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा समेत डेंगुको महामारी फैलदो क्रममा छ । धरानमा डेंगुको महामारी नियन्त्रणमा नआँउदा...






