झापामा हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित युवक पक्राउ
झापा : जिल्ला झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थित नेपाल–भारत सिमाना नजिक प्रहरीले लागु औषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालक, झापा कमल गाउँपालिका-५ बस्ने ३१ वर्षीय धनेस सहनीले हेलमेटभित्र प्लास्टिकको पोकामा लुकाएर ...











