मोरङ क्षेत्र नम्बर १ मा नयाँ र पुराना शक्तिबीच रोचक भिडन्त
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका घनश्याम खतिवडाका लागि यो पटकको प्रतिस्पर्धा एउटा निर्वाचन मात्रै नभएर राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ पनि हो ।
खतिवडाको चुनावी खर्चको एउटा रोचक किस्सा छ । २०७० को चुनावमा ७ कट्ठा र २०७४ को चुनावमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाए । खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् । २०७४ को चुनावताका उनी आ...











