कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गयो, ४१ हात्तीको पनि मृत्यु
झापा : कोशी प्रदेशमा पछिल्लो दुई दशकमा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्तीले पनि ज्यान गुमाएका छन्। प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२-६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो क्षति भएको हो।
निर्देशनालयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन्।
सबैभन्दा बढी म...











