बेलबारीबाट दिउँसै चोरी भएको २ घण्टामै भेटियो स्कुटर
मोरङको बेलबारीबाट दिउँसै चोरी भएको एउटा स्कुटर ट्राफिक प्रहरीको सतर्कताका कारण २ घण्टामै विराटनगरमा फेला परेको छ । चोरी भएको उक्त स्कुटर सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
बेलबारी नगरपालिका–३ मा पार्किङ गरेर राखिएको प्र १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर माघ १६ गते दिउँसो करिब १२ बजेतिर चोरी भएको थियो । स्कुटरका धनी सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकका नरेश भट्टराई केहीबेर...










