टिपरको ठक्करबाट मोरङमा १४ वर्षीय बालकको मृत्यु,उनका बुवा घाइते
मोरङ : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
...










