एमाले कोशीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि
नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको पदाधिकारी र सचिवालय बैठकले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।
प्रदेश कमिटीले सिफारिस गरेको सूचीको पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरु बरालको नाम छ । मोरङ जिल्ला कमिटीले पठाएका १६ जनाको सूचीका आधारमा प्रदेशले ब...











