टिपरको ठक्करबाट मोरङमा १४ वर्षीय बालकको मृत्यु,उनका बुवा घाइते

टिपरको ठक्करबाट मोरङमा १४ वर्षीय बालकको मृत्यु,उनका बुवा घाइते
मोरङ : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ...

एमाले कोशीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि

एमाले कोशीको समानुपातिक उम्मेदवार  छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि
नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको पदाधिकारी र सचिवालय बैठकले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो । प्रदेश कमिटीले सिफारिस गरेको सूचीको पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरु बरालको नाम छ । मोरङ जिल्ला कमिटीले पठाएका १६ जनाको सूचीका आधारमा प्रदेशले ब...

गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने

गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने
नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् । महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन...

मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका

मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका
केराबारी । देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँबपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण...

विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा, एक्स्पोमा जलपरीदेखि सिड्नीको झल्को

विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा, एक्स्पोमा जलपरीदेखि सिड्नीको झल्को
विराटनगर / मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजक समितिका संयोजक अमित सारडाले डोमसहितको स्टल निर्माणदेखि अन्य सम्पूर्ण तयारी पूरा भएको जनाए । ‘सबै क्षेत्रका स्टल निर्माण भइसकेको छ, पार्किङ पनि निर्माण भइसकेको छ,’ सारडाले भने, ‘अब केही प्रति...

सिन्धुलीमा पेट्रोल छर्केर बुहारी जिउँदै जलाइयो

सिन्धुलीमा पेट्रोल छर्केर बुहारी जिउँदै जलाइयो
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारमा भएको एक विभत्स घटनाले मानवता नै लज्जित बनाएको छ। हिजो एक घरभित्र पेट्रोल छर्केर आगो लगाउँदा ३२ वर्षीया शुसिला थिङ जिउँदै जलेर मारिएकी छन्। घटनालाई सुरुमा आत्मदाहको रुपमा देखाउने प्रयास गरिए पनि प्रारम्भिक अनुसन्धानले यो सुनियोजित हत्या भएको पुष्टि गरेको छ।शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको तथ्य अनुसन्धानबाट बाह...

कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा

कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएको छ । कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएका छन् । भर्खर...

मोरङ प्रशासन र मालपोतबाट २९ जना ‘बिचौलिया’ पक्राउ

मोरङ प्रशासन र मालपोतबाट २९ जना ‘बिचौलिया’ पक्राउ
विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । बिचौलियाको रुपमा सक्रिय भइ दुःख र हैरानी दिएको गुनासो आएपछि निगरानी गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खट...

हात्तीको आक्रमणबाट सुन्दरहरैचामा एक बालक गम्भिर घाईते

हात्तीको आक्रमणबाट सुन्दरहरैचामा एक बालक गम्भिर घाईते
सुन्दरहरैचा ६ मा जंगली हात्तीले सुतिरहेको बालकमाथि आक्रमण गर्दा बालक गम्भिर घाईते भएका छन । हात्तीले केराखेती लगायत भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । केहीदिनअघि मात्र हात्तीको आक्रमणबाट सुन्दरहरैचा १२ मा एकजनाको ज्यान गएको थियो ।

विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा, २३० स्टल भरिए

विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा, २३० स्टल भरिए
विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। संघका सचिव तथा एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोका लागि निर्माण गरिएका सबै २३० स्टल हाउसफुल भएका छन्। पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक्स्पो विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली जग्गामा आयोजना हुँदैछ। एक्स्पोमा नेप...