सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार (हिजो) साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा...











