जेनजी प्रकरणमा बालेन्द्र सरकारमाथि दोहोरो दबाब : तीन महिनाभित्र के हुन्छ निर्णय?
काठमाडौं : जेनजी आन्दोलनको विषयमा अनुसन्धान गरी सरकारलाई बुझाइएका प्रतिवेदन कार्यान्वयन गर्न सरकारमाथि दोहोरो दबाब परेको छ ।
आन्दोलनको विषयमा छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनसमेत पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको सरकारमाथि संवैधानिक हैसियतको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने दबाब बढेको छ ।
संवैधानिक हैसियतको आयोगको...











