विराटनगरबाट सिराहा हिँडेको बस सुनसरीको नहरमा खस्यो
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा यात्रुवाहक बस नहरमा खस्दा २८ जना घाइते भएका छन् ।
विराटनगरबाट यात्रु लिएर सिराहाको लहानतर्फ जाँदै गरेको को १ ख ४७७७ नम्बरको बस मंगलबार साँझ करिब ५ः५० बजेतिर आफैँ अनियन्त्रित भएर सडकछेउको नहरमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कोशी कटान, ह...










