कानेपोखरी र पथरीशनिश्चरेबाट दुई जना युवा पक्राउ
मोरङको कानेपोखरी र पथरीशनिश्चरेबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–४ का ३७ वर्षीय सुन्दर धिमाल र पथरीशनिश्चरे नगरपालिका–८ का २९ वर्षीय अजय मगर छन् । प्रहरीले शनिबार साँझ करिब ५ः५५ बजेतिर कानेपोखरी–४ मा लागुऔषध सेवन तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट कुसलबजारबाट टोली खटाएको थियो ।
सो क...











