मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले बुधबार राति मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई राति ८ः५५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय...











