कानेपोखरी र पथरीशनिश्चरेबाट दुई जना युवा पक्राउ

कानेपोखरी र पथरीशनिश्चरेबाट दुई जना युवा पक्राउ
मोरङको कानेपोखरी र पथरीशनिश्चरेबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–४ का ३७ वर्षीय सुन्दर धिमाल र पथरीशनिश्चरे नगरपालिका–८ का २९ वर्षीय अजय मगर छन् । प्रहरीले शनिबार साँझ करिब ५ः५५ बजेतिर कानेपोखरी–४ मा लागुऔषध सेवन तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट कुसलबजारबाट टोली खटाएको थियो । सो क...

इटहरीमा मोटरसाइकल दुर्घटनाः सुनसरी सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटनाः सुनसरी सीडीओका स्वकीयसहित २ जनाको मृत्यु
सुनसरी / सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख ज...

नोबेल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण

नोबेल  मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण
सेवाग्राहीप्रति थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ। सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित तथा अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो । उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवा...

राहत सामग्री हिनामिना भएको हल्ला निराधार : प्रहरी

राहत सामग्री हिनामिना भएको हल्ला निराधार : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले बाढीपीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले हिनामिना गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचार निराधार भएको जनाएको छ । प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भोटेकोसी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीद्वारा जारी विज्ञप्तिमा सुरक्षाकर्मीले राहत सामग्री आफै...

टिमुरे बाढीमा बेपत्ता दुर्गा प्रसाद पोखरेलको अवस्था पत्ता नलागेपछि इटहरी बुढीगंगामा अन्त्येष्टि

टिमुरे बाढीमा बेपत्ता दुर्गा प्रसाद पोखरेलको अवस्था पत्ता नलागेपछि इटहरी बुढीगंगामा अन्त्येष्टि
सुन्दरहरैचा/ गत भदौ १० गते रसुवाको टिमुरेमा आएको भीषण बाढीका कारण बेपत्ता भएका इटहरीका दुर्गा प्रसाद पोखरेलको लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि हिन्दु धर्मशास्त्रीय विधिअनुसार कुशको शव बनाएर इटहरीस्थित बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको छ। रसुवा अध्यागमन बिभागमा कार्यरत उनको अकल्पनीय प्राकृतिक विपत्तिमा गुमाउनुपरेको भन्दै परिवारजन शोकमा डुबेका छन्। बुढीगंगामा गरिएको अन्...

विराटनगरमा ६० किलो गाँजासहित भ्यान बरामद

विराटनगरमा ६० किलो गाँजासहित भ्यान बरामद
विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरा...

मोरङको नेमुवामा आगलागी, दुईवटा पसलका सामान जलेर नष्ट

मोरङको नेमुवामा आगलागी, दुईवटा पसलका सामान जलेर नष्ट
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन् । स्थानीय निर्मल पौदारको दुई तले पक्की घरको माथिल्लो तलाबाट बिहान ३ बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) खड्ग राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । विराटनगर महानगरपालिका र दुहब...

सडक आयोजनाको ढिलाइप्रति काेशी सरकार असन्तुष्ट, ठेक्का रद्दको चेतावनी

सडक आयोजनाको ढिलाइप्रति काेशी सरकार असन्तुष्ट, ठेक्का रद्दको चेतावनी
विराटनगर । सङ्खुवासभाका महत्वपूर्ण सडक आयोजनाहरूको निर्माण कार्य पटक–पटक म्याद थपिँदासमेत अपेक्षित गतिमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता नै रद्द गर्ने चेतावनी दिइएको छ। लामो समयदेखि आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीयस्तरमा जनगुनासो र सार्वजनिक दबाब बढेपछि प्रदेश सरकारले अब काममा थप ढिलाइ नगर्न निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिएको हो। मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेसी बहुवर्षीय योजना तथा ग...

१५ वर्षकी किशोरीमाथि बला त्कार गर्ने ९३ वर्षीय वृद्ध प’क्राउ

१५ वर्षकी किशोरीमाथि बला त्कार गर्ने ९३ वर्षीय वृद्ध प’क्राउ
१५ वर्षीया किशोरीमाथि जब र्जस्ती क रणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्रा'उ परेका छन्। गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशो'रीमाथि जबर्ज स्ती क रणी गरेको अभियोगमा प्रहरीले प'क्राउ गरेको हो। प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जंगल क्षेत्रमा ज'बर्जस्ती क रणी गरेको आ'रोप लागेको छ। घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोरीका आफन्तले...

भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी

भारतको गण्डक नदीमा भेटिए १३ शव, नेपाललाई बुझाउने तयारी
नेपालको रसुवामा ठुलो संख्यामा मानिस बेपत्ता पार्ने गरी भीषण बाढी आएयता भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ। उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ। कुशीनगर प्रशासनका अनुसार उक्त नदीमा अहिलेसम्म १३ शव फेला परेका छन्। जसमा ६ पुरुष र ७ महिला छन्। बीबीसी हिन्दीका अनुसार यीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। सीमित ठाउ...