मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्रा...











