इनरुवाबाट जुवा खेलिरहेका १६ जना नगद २ लाख ८३ हजार सहित पक्राउ

इनरुवाबाट जुवा खेलिरहेका १६ जना  नगद २ लाख ८३ हजार सहित पक्राउ
सुनसरी । सुनसरी प्रहरीले इनरुवा ६ बलाहबाट जुवा खेलिरहेका १६ जना व्यक्तिहरूलाई नगद २ लाख ८३ हजार ९ सय ६५ सहित पक्राउ गरेको छ । अवैध रूपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले उनीहरूलाई शुक्रवार राती पक्राउ गरेको हो । पक्राउ पर्नेमा इनरुवा ६ का उग्र नारायण चौधरी, तीर्थराज अधिकारी, झगरु चौधरी, ईन्देश सरदार, गौरव कोइराला, बालक...

झापामा सडक दुर्घटनाका घाइते दुईजनाको मृत्यु

झापामा सडक दुर्घटनाका घाइते दुईजनाको मृत्यु
  बिर्तामोड । झापामा सडक दुर्घटनामा घाइते गम्भीर भएर उपचार गराइरहेका दुईजनाको अस्पतालमा मृ*त्यु भएको छ । प्रहरीका अनुसार शिवसताक्षी-८ का अन्दाजी ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । दवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए । खड्काको बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान अन्दाजी...

घुमघामको याम : गण्डकीमा कहाँ कहाँ घुम्ने ?

घुमघामको याम : गण्डकीमा कहाँ कहाँ घुम्ने ?
गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ । कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदया...

आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने
काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ...

दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
इनरुवा (सुनसरी) । तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । ऋाज हामी तपाईँहरूले योभन्दा फरक प्र...

छठसँगै खुसी आउँछ डोम समुदायमा

छठसँगै खुसी आउँछ डोम समुदायमा
धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्...

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा...

लक्ष्मीपूजापछि झिलिमिली इटहरी (तस्वीरहरु)

लक्ष्मीपूजापछि झिलिमिली इटहरी (तस्वीरहरु)
इटहरी । तिहारको मुख्य दिन लक्ष्मीपूजाका अवसरमा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ। बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्ना घर, कार्यालय, उद्योग तथा व्यवसायमा लक्ष्मीको पूजा सम्पन्न गरेका छन्। घर र कार्यालयमा आकर्षक रंगोली बनाउँदै विभिन्न रंगले सजावट गरिएको छ। देवी लक्ष्मीलाई स्वागत गर्न घरको गेट र मूलढोका खुला राख्ने परम्परा रहेकाे छ। यस अवसरमा घरघरमा बालिएको बत्तीका काेसी प्रदेशको...

विराटनगरमा मोटरसाइकल दुर्घटना : पैदल यात्रु र चालक गम्भीर घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो। हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि विराट नर्सिङ्ग होम लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको...

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले ...