जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या, दुई पक्राउ
सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका- २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो ।
सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ...











