झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापाको पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ। गौरादह–१ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा बिहीबार राती १ बजे पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भइ नेपाल पाह...











