विराटनगर युवक हत्या प्रकरण : केटी जिस्क्याएको निहुँमा निम्तिएको घटना

विराटनगर युवक हत्या प्रकरण : केटी जिस्क्याएको निहुँमा निम्तिएको घटना
विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भयो । घटनामा दुईजना घाइते भएका छन् । हत्याको कारण भने केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगरका सोनु गिरी, ताप्लेजुङका दावा शेर्पा, ...

मोरङमा बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

मोरङमा बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु
मोरङको सुनवर्षीमा दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ प ६३४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनवर्षी नगरपालिका ६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको हो । पैदल हिँडिरहेका दासलाई मोटरसाइकलले झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा मंगलबार राति ८ बजेतिर ठक्कर दिएक...

पहिरोमा परी त्रियुगामा एक जनाको मृत्यु, दुई घाइते

पहिरोमा परी त्रियुगामा एक जनाको मृत्यु, दुई घाइते
गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हिरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् ।  गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च ...

पूर्वतयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह

पूर्वतयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो । ‘पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्...

कारबाहीबारे मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन

कारबाहीबारे मुकुलको प्रतिक्रिया : रविको क्लबबाट निष्काशित भएँ, घण्टी बज्न रोकिंदैन
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भए लगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् । ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सं...

विराटनगरबाट तीन लाख प्रतिबन्धित भारुसहित दुईजना पक्राउ

विराटनगरबाट तीन लाख प्रतिबन्धित भारुसहित दुईजना पक्राउ
विराटनगरका अलगअलग स्थानबाट भारतीय तीन लाख १७ हजार रूपैयाँसहित सशस्त्र प्रहरीले सोमबार साँझ दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा एकजना भारतीय र एकजना नेपाली नागरिक छन् । भारतको जोगवनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवाहुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाल साँझ ६ बजेतिर पक्राउ परेका थिए । अग्रवालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको...

देशभर बाढी, पहिरो, डुवान : ७८ जनाको मृत्यु, ९० जना घाइते, ४१ वटा पुल बगे

देशभर बाढी, पहिरो, डुवान : ७८ जनाको मृत्यु, ९० जना घाइते, ४१ वटा पुल बगे
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर  ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् । बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका छन् भने ९८ गोठमा क्षति पु...

बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी

बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट १५/१६ बालबन्दी भागेका थिए । उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले बाह्रखरीलाई जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डी...

सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घट्यो

सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घट्यो
 आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार...

सुतिरहेका एकै घरका ४ जनालाई पहिरोले बगायो

सुतिरहेका एकै घरका ४ जनालाई पहिरोले बगायो
रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र...