हावाहुरीले केराखेतीमा ठूलो क्षति
चितवनमा हावाहुरीले केराखेतीमा ठूलो क्षति गरेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुगेको हो ।
पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनको भनाइ छ । उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।’ उनल...










