कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली
विश्वको सबैभन्दा ठूलो धार्मिक पर्व संगम नगर प्रयागराजमा सुरु भइसकेको छ । पुष शुक्ल पुर्णिमाबाट सुरू भएको गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेपछि कुम्भ नगरका अन्य मन्दिरहरुमा पनि भक्तजनहरु जाने प्रचलन रहेको छ ।
यसैबीच प्रयागराजको अक्षयावट पनि अहिले उत्तिकै चर्चा रहेको छ । संगममा नुहाउन आउने अधिकांश मानिस अक्षयावतको दर्शन गर्न आउँछन्। तर,औरंगजेब र अंग्रेजहरूले अकबरको किल्लामा रहेको यो रू...











