झापामा दुई महिनामा पचास करोड राजश्व सङ्कलन
झापा । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ ।
सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
अन्तरिक राजश्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए ।
“साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्...