उर्जामा बाढीको विपद : ११ सय मेगावाट विद्युत उत्पादन रोकियो, साढे दुई अर्बको क्षति
काठमाडौं । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए ।
उनले भने, ‘हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौं । थप क्षति भएको हुन सक्छ । बाढीका ...