मोरङका धानखेतमा २ वटा शव फेला
विराटनगर । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहर...











