आजको मौसमः तराई मधेसका भू-भागमा भारी बर्षा हुने

आजको मौसमः तराई मधेसका भू-भागमा भारी बर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशको पहाडी भू-भाग...

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन् । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण...

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गयो, ४१ हात्तीको पनि मृत्यु

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गयो, ४१ हात्तीको पनि मृत्यु
झापा : कोशी प्रदेशमा पछिल्लो दुई दशकमा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्तीले पनि ज्यान गुमाएका छन्। प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२-६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो क्षति भएको हो। निर्देशनालयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन्। सबैभन्दा बढी म...

म सरकार परिवर्तनको खेलमा छैन, २०८४ को निर्वाचन यही गठबन्धनले गर्छ : शेखर कोइराला

म सरकार परिवर्तनको खेलमा छैन, २०८४ को निर्वाचन यही गठबन्धनले गर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन्। बुधबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे। उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको उल्लेख गरे। कोइरालाले वर्तमान सरकार...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौं / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन तोलामा ६ सयले घटेर १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा १,९३,६०० रहेको थियो। यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रतितोला २,२९५ मा कारोबार भएको चाँदी आज २,३०० मा पु...

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : प्रचण्ड

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : प्रचण्ड
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन्। नेकपा(माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै...

डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी

डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
रौतहट , हालका दिनमा लागूऔषधको 'ट्रान्जिट' मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ। डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ। सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति नेपाल प...

मध्य वर्षात्‌मा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि…

मध्य वर्षात्‌मा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि…
काठमाडौं, साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ का जंगल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए। त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जंगल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानका...

अपराध नियन्त्रणको जिम्मेवारी पाएका प्रहरी नै अपराधमा लिप्त, १ वर्षमा २ हजारभन्दा बढी प्रहरीमाथि कारवाही

अपराध नियन्त्रणको जिम्मेवारी पाएका प्रहरी नै अपराधमा लिप्त, १ वर्षमा २ हजारभन्दा बढी प्रहरीमाथि कारवाही
काठमाडौं, प्रहरी प्रधानकार्यालयले साउनको दोस्रो साता पत्रकार सम्मेलन गरेर प्रहरी विरूद्ध करिब ४ हजार बढी उजुरी परेपछि २ हजार प्रहरी कारवाहीमा परेको जानकारी दियो। एक वर्षमा विभिन्न माध्यमबाट प्रहरीका विरूद्ध उजुरी पर्दा २ हजार प्रहरी कारवाहीमा परेको जानकारी दिएको हो। को-को कारवाहीमा परेको भन्ने बारेमा केही जानकारी नदिएपनि दर्जागत रूपमा भने जानकारी दिएको छ। प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८१...

घट्यो सुन

घट्यो सुन
चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ । आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर भएको हो । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ ...