९ लाख हुण्डी कारोबारको आरोपमा एक युवती पक्राउ
९ लाख रुपैयाँ नगद र चेकसहित हुण्डी कारोबार गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० बागडाँडा बस्ने १९ वर्षीया करिना देवकोटा छिन् ।
उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीलाई ९ लाखसहित उनलाई पक्राउ गरेको हो ।
उनीबाट ६ लाख रुपैयाँ बराबरको ...











